काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार मध्यान्न बंगलादेश प्रस्थान गर्नु भएको छ । उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै छैठौँ इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेश प्रस्थान गर्नु भएको हो । शुक्रबार र शनिबार २ दिन चल्ने छ ।
उक्त कार्यक्रम भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको हो। ढाकामा मन्त्री साउदले भारतीय विदेशमन्त्री, बंगलादेशी प्रधानमन्त्ती लगायत उच्च तहको भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले बताएको छ।



