काठमाडौं :लुम्बिनी विकास बैंकले ४३ हजार २९९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
यस अघि असार १६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यो शेयर बिक्रीमा ल्याएको थियो ।
३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा आएको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेपछि अन्य व्यक्ति तथा संस्थामा बिक्रीमा आएको हो ।
इच्छुक खरिदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले गोपाल प्रसाद बास्तोलाको नाममा रहेको १५ हजार कित्ता, सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ कित्ता र शिवराज आचार्यको नाममा रहेको २३ हजार ५२३ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको बताइएको छ ।



