काठमाडौं : सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको मूल्यप्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।



