२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वैदेशिक लगानी बढाएर सहयोग गर्न स्विस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

images

सत्कार खबर
  • २०८१ साउन १६, बुधबार
  • 936
    SHARES
  • वैदेशिक लगानी बढाएर सहयोग गर्न स्विस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्विट्जरल्यान्ड सरकारलाई आग्रह गर्नु भएको छ । 

    शिष्टाचार भेटका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेकी नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताउनु भयो । 

    उहाँले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्विट्जरल्यान्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँ तहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताउनु भयो । 

    प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गर्नु भयो ।  नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गर्नु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ