२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बेचन झाको दोहोरो नागरिकता,प्रहरीले माग्यो भारतीय पक्षसँग जानकारी

images

सत्कार खबर
  • २०८१ साउन १४, सोमबार
  • 1.0K
    SHARES
  • बेचन झाको दोहोरो नागरिकता,प्रहरीले माग्यो भारतीय पक्षसँग जानकारी

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको प्रहरीले फेला पारेको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो ।

    झाको नागरिकतामा उल्लिखित विवरणअनुसार उनले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज लेखिएको छ ।

    तर, अनलाइनखबरले प्राप्त गरेको झाको व्यक्तिगत विवरणका आधारमा भारतको निर्वाचन आयोगको मतदाता सेवा पोर्टलमा हेर्दा उनी सन् २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता रहेको देखिन्छ ।

    पोर्टलमा उनको उमेर ६४ उल्लेख छ भने मतदान केन्द्र मरुकिया प्राथमिक स्कुल भएको उल्लेख छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ