२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तातोपानी भन्सारले गर्‍यो १३ अर्ब ३६ करोड राजश्व संकलन

images

सत्कार खबर
  • २०८१ साउन १२, शनिबार
  • 511
    SHARES
  • तातोपानी भन्सारले  गर्‍यो १३ अर्ब ३६ करोड राजश्व संकलन

    काठमाडौं : तातोपानी भन्सार कार्यालयले आर्थिक वर्षमा २०८०/८१ मा १३ अर्ब ३६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार कार्यालयले राखेको लक्ष्य भन्दा ५ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    तातोपानी भन्सार कार्यालयले यो आर्थिक वर्षमा ८ अर्ब ४२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। राजश्व संकलन बढ्नुमा चीनबाट सामान आयात, मापदण्डको पालना, व्यापारी, व्यवसायीलाई प्रशिक्षण, भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपास प्रणाली, चुस्त दुरुस्त सेवा लगायतका कारण भएको हो । 

    भन्सार कार्यालयका अनुसार विद्युतीय सामग्री, तयारी पोशाक र विद्युतीय यातायातबाट सबैभन्दा बढी राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। गत जेठसम्म तातोपानी नाकाबाट विद्युतीय गाडीहरूको आयात धेरै भएको थियो।

    जसले गर्दा राजश्वमा उल्लेख्य वृद्धि भएको हो। ‘इभीका साथै चिनियाँ सामान ठूलो परिमाणमा भित्रिएकाले राजस्व सोचेभन्दा निक्कै उठेको हो’, केसीले भने– ‘यसको अलवा मेशिनरी, तयारी कपडा तथा स्याउलगायत वस्तु आयातबाट पनि राम्रो राजश्व संकलन भयो।’ 

    बजेट पछि भने नाकाबाट गाडीको आयात घट्न थालेको र राजश्व संकलन पनि कम हुँदै गएको भन्सार कार्यालयको भनाई छ । चालु आर्थिक वर्षमा २०८१र८२ मा तातोपानी भन्सार कार्यालयले २० अर्ब रुपैयाँको राजश्व संकलन गर्ने लक्ष्य राखेको  छ।

    सडकको कारणले केही समस्या देखिएकोले त्यसप्रति सरकारको ध्यान जानुपर्ने भन्सार कार्यलयले जनाएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ