काठमाडौं :कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उहाँको शव अहिले अस्पतालमै रहेको र बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धान्जलीका लागि राखिने छ । नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उहाँको आजै अन्त्येष्टि गरिने छ।



