२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्री ओलीले लिए सौर्य एयरलाइन्स दुर्घटनाको ब्रिफिङ,सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन

images

सत्कार खबर
  • २०८१ साउन ९, बुधबार
  • 506
    SHARES
  • प्रधानमन्त्री ओलीले लिए सौर्य एयरलाइन्स दुर्घटनाको ब्रिफिङ,सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिनु भएको छ ।  विमानस्थलस्थित घटनास्थलको अवलोकनपछि ओलीले उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिनुभएको हो।

    सो क्रममा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनु भयो । घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको छ ।

    निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै उहाँले घाइते क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ लाभको कामना गर्नु भयो । ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला सहभागी थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ