२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एक वर्षमा एक लाख १२ हजार विद्यार्थीलाई विदेश पढ्न अनुमति

images

सत्कार खबर
  • २०८१ साउन ९, बुधबार
  • 1.1K
    SHARES
  • एक वर्षमा एक लाख १२ हजार विद्यार्थीलाई विदेश पढ्न अनुमति

    काठमाडौं ;आर्थिक वर्ष २०८०र०८१ मा एक लाख १२ हजार ५९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र र( एनओसी) लिएका छन् ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०८० साउन १ गतेदेखि ०८१ असार ३१ सम्म सो संख्यामा एनओसी जारी भएको उल्लेख छ । 

    यस अवधिमा ९४ वटा विषय पढ्न नेपाली विद्यार्थी ६६ वटा देश गएका छन् । तीमध्ये सबैभन्दा धेरै ३४ हजार ७३१ जनाले जापानका निम्ति एनओसी लिएका छन् । 

    विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा छ । क्यानडा जान सो अवधिमा १५ हजार ९८२ विद्यार्थीले एनओसी लिएका छन् । तेस्रोमा अष्ट्रेलिया छ । सो देशका निम्ति १४ हजार ३७२ वटा एनओसी जारी भएको छ । 

    यस्तै, युकेका निम्ति १३ हजार ३३९, यूएसएका निम्ति ११ हजार २६१, कोरियाका निम्ति ६ हजार ८८९, भारतका निम्ति दुई हजार ३८९ र यूएईका निम्ति दुई हजार १४७ एनओसी जारी भएका छन् । यीबाहेक अन्य मुलुक जान एनओसी लिनेको संख्या दुई हजारभन्दा कम छ । 

    सबैभन्दा धेरै ३३ हजार ६९७ वटा एनओसी जापनिज् भाषा विषयमा जारी भएको छ । यस्तै, म्यानेज्मेन्टमा २८ हजार ८९१, विजनेसमा १० हजार २९ तथा आईटीमा पाँच हजार ९११ एनओसी जारी भएका छन् । 

    यसैगरी  विज्ञानमा पाँच हजार ३८४, स्वास्थ्मा चार हजार १५९, इन्जिनियरिङमा चार हजार ४२६, कम्प्युटर साइन्समा चार हजार ९९२ तथा साइन्स एन्ड टेक्नोालोजीमा चार हजार १०२, हस्पिटालिटीमा दुई हजार ५४३, आट्र्समा एक हजार ८१३ वटा एनओसी जारी भएको तथ्यांक छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ