२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 देशभर आक्रमक बन्दै डेङ्गी सङ्क्रमण,१ हजार ६ सय ५७ जना संक्रमित

images

सत्कार खबर
  • २०८१ साउन ६, आइतबार
  • 601
    SHARES
  •  देशभर आक्रमक बन्दै डेङ्गी सङ्क्रमण,१ हजार ६ सय ५७ जना संक्रमित

    काठमाडौं : देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा।गोकर्णप्रसाद दाहालका अनुसार ७३ वटा जिल्लाका एक हजार ६ सय ५७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

    मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गीसङ्क्रमण पनि बढ्नसक्ने आकलन गरिएको शाखाका प्रमुख दाहालले बताउनुभयो ।

    उहाँले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको जानकारी दिनुभयो ।

    सबैभन्दा बढी काठमाण्डौमा एक सय ९६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डादाहालले बताउनुभयो ।

    वर्षाका बेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढेको उहाँले उल्लेख गर्नुभयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ