काठमाडौं :उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै हुने बताउनुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासघका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिएन भन्ने गुनासो आएपनि अब लामो समय नरहने बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको गुनासो व्यापक सुनिएको भन्दै सरकारले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोक्ने बताउनु भयो । उहाँले सरकारले जुनसुकै अवस्थामा पनि निर्माण व्यवसायीहरुको भुक्तानीका विषयमा भएको गुनासो चाँडै सम्बोधन हुने उल्लेख गर्नुभयो ।
उहाँले राज्यले टेण्डर गर्ने, निर्माण व्यवसायीहरुले निर्माण गर्ने,काम सम्पन्न हुँदाहुँदै पनि भुक्तानी नपाएको भए पाउनुपर्ने बताउनु भयो । उहाँले सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयबीच आपसी समन्वय गरेर निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताउनु भयो । उहाँले सरकारले सहकारी र लघुवित्त क्षेत्रका समस्यालाई पनि समाधान गर्न सार्थक पहल गर्ने बताउनु भयो । उहाँले पछिल्लो दिनमा माग,आपूर्ति र राजश्व समेत घटेको बताउनु भयो । उहाँले पछिल्लो मुलुकको सबैभन्दा ठूलो चुनौती भनेको मान्छेको मनोबल घट्नु भएको बताउनु भयो ।
उहाँले अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित देखिएको भन्दै त्यसलाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रमा देखिएको नैराश्यता सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारिक सुधारमा आफू सधैँ तयार रहेको बताउनु भयो।
अर्थमन्त्री पौडेलले उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत महशुल वक्यौता विवाद पनि कानूनअनुसार समाधान खोज्ने बताउनु भयो ।



