
कात्तिक १४, काठमाडौं : नेपाल आयल निगमले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिलिटर ४ रुपैयाँले डिजेल र मट्टितेल मूल्य घटाएको जनाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य घटेर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य घटाएको निगमले विज्ञप्तिमा जनाएको छ। नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले घटेको छ भने पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको छ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।



