काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको चुक्तापूँजी ५ अर्ब १क रोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ छ ।



