२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन्स बैंकको सबै प्रदेश कार्यालयस्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टर संचालन

images

  • २०८१ असार २५, मंगलबार
  • 596
    SHARES
  • सिटिजन्स बैंकको सबै प्रदेश कार्यालयस्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टर संचालन

    काठमाडौँ : सिटिजन्स बैंकले आफ्नो सबै प्रदेशको कार्यालयस्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ ।


    कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो ।

    कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको बैंकले जनाएको छ ।

    यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

    आज बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ