२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राप्रपा, कांग्रेस र एमाले पार्टी मात्रै मुख्य रूपमा रहने, माओवादी पेन्डुलम जस्तो यता न उताको हुन्छ - राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र

images

सत्कार खबर
  • २०७९ कात्तिक २६, शनिबार
  • 806
    SHARES
  • राप्रपा, कांग्रेस र एमाले पार्टी मात्रै मुख्य रूपमा रहने, माओवादी पेन्डुलम जस्तो यता न उताको हुन्छ - राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र

    एमाले र कांग्रेस एकै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एकै कित्ताका पार्टी हुन्। यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। अर्को निरन्तरतासहित गतिशील पार्टी राप्रपा हो। यो देशको धर्म र संस्कृति लगायत जोगाउन राप्रपा चाहिएको उनले बताए। उनले अब संसदमा राप्रपाको सशक्त उपस्थिति हुने पनि बताएका छन्।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका रवीन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा एमाले समर्थितहरूलाई ती पार्टीका नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गरेका छन्।

    शुक्रबार राप्रपाले काठमाडौंको बसन्तपुरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै मिश्रले नेताहरू शानको साथ हिँड्ने र जनताले गल्लीको जीवन विताउनुपरेको बताए।

    मिश्रले राप्रपा, कांग्रेस र एमाले पार्टी मात्रै मुख्य रूपमा रहने र अन्य पार्टीहरू साँघुरिने वा बिलाएर जाने दाबी गरेका थिए। मुल रूपमा राप्रपा, एमाले र कांग्रेस मात्र हुन्छ। माओवादी पेन्डुलम जस्तो यता न उताको हुन्छ। कि त्यो बिलय हुन्छ कि साँघुरिन्छ। क्षेत्रीय पार्टी र अन्य दलहरू सानो अवस्थामा रहन्छ, उनले भने, एमाले र कांग्रेस एकै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एकै कित्ताका पार्टी हुन्। यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। अर्को निरन्तरतासहित गतिशील पार्टी राप्रपा हो।

    यो देशको धर्म र संस्कृति लगायत जोगाउन राप्रपा चाहिएको उनले बताए। उनले अब संसदमा राप्रपाको सशक्त उपस्थिति हुने पनि बताएका छन्।

    अहिले तपाईंहरूले याद गर्नुभएको छ कि छैन राप्रपाका उम्मेदवार हराउनका लागि कति ठाउँमा उम्मेदवारहरू उठाइएका छन्। कति ठाउँमा उठेका छन्। राप्रपालाई हराउन र संसदमा यिनीहरूलाई जान दिन्न हुन्न भनेर अनेक किसिमका प्रपञ्च रचेर अनेक कुरा सार्वजनिक गरिरहेका छन्, उनले भने तर यो देशको हितका लागि हामीले बोकेका एजेन्डा कसैले रोक्न सक्दैन। यो कर्णाली र नारायणी भएर बगेको छ। तपाईंहरू ढुक्क हुनुस्, सार्वजनिक टिकाटिप्पणी भए पनि चिन्तित नहुनुहोला।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ