२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरुले गराए ध्यानाकर्षण

images

  • २०८१ असार ११, मंगलबार
  • 471
    SHARES
  • लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरुले गराए ध्यानाकर्षण

    काठमाडौँ : प्रतिनिधिसभा सांसदहरुले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्दै उहाँहरुले यस विषयमा जोड दिनुभएको हो । नेपालमा लगानीका लागि सहज स्थिति नहुँदा लगानीकर्ता निरुत्साहित हुनुपरेको भन्दै उहाँहरुले यसमा लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    सांसद देवेन्द्र पौडेलले लगानी सहजीकरण गर्न सुशासन, समृद्धि र समाजवादको दिशामा अगाडि बढ्न लगानी जरुरी रहेको बताउनुभयो । यसको लागि कम्तिमा दश वर्षमा निश्चित लगानी गरेर रोजगारी सिर्जना गर्ने गरी उद्योग मन्त्रालयले काम गर्न जरुरी रहेको उहाँको भनाइ छ । वन क्षेत्रमा देखिने समस्यामा सहजीकरण, खानेपानी, बिजुली र जमिनको उचित प्रवर्द्धन गरेर लगानीकर्तालाई प्रोत्साहन गर्न उहाँले उद्योगमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रमेश लेखकले लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद डा अमरेसकुमार सिंहले लगानी प्रक्रिया निष्पक्ष र सरल हुनुपर्ने बताउनुभयो । राजनीतिक अवस्था र विचौलिया प्रवृत्तिका कारण लगानी प्रभावित भइरहेको उहाँको भनाइ थियो ।   

    लगानी सहजीकरणका सम्बन्धमा सांसद गणेश पराजुली, असिम साह, नागीना यादव, जुलीकुमारी महतो (महासेठ), निशा डाँगीलगायतले धारणा राख्नुभएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ