२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झापाको पुँजीगत खर्च ६६ प्रतिशत

images

  • २०८१ असार ६, बिहीबार
  • 641
    SHARES
  • झापाको पुँजीगत खर्च ६६ प्रतिशत

    भद्रपुर : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५.८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार ५ सय १७ मध्ये रु ३ अर्ब ४४ करोड ३७ लाख ४ सय ८१ खर्च भएको हो । 

    चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित रु १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५.०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ रु १३ अर्ब ४ करोड ११ लाख २९ हजार ४८ खर्च भएको छ ।

    जिल्लाका स्थानीय तहलाई सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त कुल रु ७ अर्ब ५५ करोड ७० लाख ५२ हजार अनुदानमध्ये रु ५ अर्ब तीन करोड ५५ लाख ६५ हजार तीन सय ९४ बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहलाई प्राप्त समानीकरण अनुदानको ५८ दशमलव ८१ प्रतिशत, चालुतर्फको सशर्त अनुदानको ७४, पुँजीगततर्फको सशर्त अनुदानको ५४ दशमलव २२, विशेष अनुदानमा ५१ दशमलव ६३ र समपूरक अनुदानको ७७ प्रतिशत रकम खर्च भएको छ ।

    स्थानीय तहमा विभिन्न शीर्षकमा आउने अनुदानको रकम अर्थ मन्त्रालयबाट फुकुवा हुन अझै बाँकी रहेको भण्डारीको भनाइ छ । “आर्थिक वर्षको अन्तिम महिना भएकाले अर्थ मन्त्रालयबाट फुकुवाको पत्र आउनासाथ हामी स्थानीय तहमा रकम पठाउँछौँ”, उहाँले भन्नुभयो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी यही असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ