२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा सामान्य अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

images

  • २०८१ जेठ २७, आइतबार
  • 771
    SHARES
  • नेप्सेमा सामान्य अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज आइबार नेप्से परिसूचक ४.५९ अंक घटेर २०७३.१९ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.१५ अंक, फ्लोट इण्डेक्स ०.४८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

    आज ९७ कम्पनीको मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ। आज ५ कम्पनीको शेयर सर्किट लागेको छ जसमाइष्टर्न हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर रहेका छन्। भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लागेको छ। 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। गत बिहीबार ४ अर्ब ३८ करोडको शेयर किनबेच भएको बजारमा आज ३ सय १३ कम्पनीको ६९ हजार २ सय १९ पटकको कारोबारमा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ५२ हजार कित्ता शेयर किनबेच भएको छ।

    आज १३ उपसमूहमध्ये  ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत तथ् जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। साथै, व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशत घटेको छ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानम ३२ करोड ३ लाख, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोडभन्दा बढी तथा सिटि होटलको करिब १४ करोडको शेयर किनबेच भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ