२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हार्नेस जिपलाइन,गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

images

  • २०८१ जेठ २२, मंगलबार
  • 541
    SHARES
  • हार्नेस जिपलाइन,गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    काठमाडौँ : आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगाएतका साहसीक त्रियाकलाप को लागि चर्चित ठाँउ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्ने सजिपलाइन प्रा.लि.साथै आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझलोक प्रीय गन्तब्य, भिन्नभिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहर माअवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.कोप्रभु बैंक लिमिटेड बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदानगर्ने सम्झौता भएको छ।

    एक समारोहका बीच हार्नेस जिपलाइनप्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा,गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेशराजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।


    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्यकुनै बिधुतीयमाध्यम द्घारा बिल भुक्तानी गर्दाहार्नेस जिपलाइनप्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्तगर्न सक्नेछन।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

    साथै, लण्डन स्थित दि–फाईनान्सियल टाईम्सले बैँक अफदि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ