२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

२३.८१ अङ्कको गिरावटपछि २०८९ को बिन्दुमा नेप्से, ४ अर्ब ५७ करोडको कारोबार

images

  • २०८१ जेठ १६, बुधबार
  • 1.2K
    SHARES
  • २३.८१ अङ्कको गिरावटपछि २०८९ को बिन्दुमा नेप्से, ४ अर्ब ५७ करोडको कारोबार

    काठमाडौँ : साताको चौथोकारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ।

    त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.८२ अंक तथा फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ। नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ।

    आज बजारमा आज ३१४ कम्पनीको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ।

    कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा १९ करोड ५२ लाख रुपैयाँ , सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोडभन्दा बढी तथा सर्वोत्तम सिमेन्टको रकम १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ। साथै, म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।

    आज ४ कम्पनीको शेयर सर्किट लेगेको छ जसमा युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको रहेका छन् भने पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस्तै आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक ९.४१ प्रतिशत घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ