काठमाडौँ : युनाइटेड अजोड इन्स्योरेन्सले पूँजी वृद्धिको योजना अनुसार हकप्रद प्रस्तावलाई नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने भएको छ।
जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको ३२ औं बैठकले कम्पनीको पूँजी वृद्धि योजना अनुरुप हाल कायम चुक्ता पूँजीको १००:१५ अनुपातको अर्थात १०० कित्ता शेयर बरावर १५ कित्ता हकप्रद शेयर जारि गर्ने योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो। प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात पूँजी वृद्धिको प्रस्ताव पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।
नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम २०८१ सालको असार मसान्तभित्र न्यूनतम चुक्ता पूँजी पुरा गर्न आवश्यक सबै प्रकृयाहरु सम्पन्न गर्नु पर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।



