२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सन नेपाल लाइफको साधारण सभा आज, २३.८०% बोनस शेयर पारित गरिँदै

images

  • २०८१ जेठ ९, बुधबार
  • 551
    SHARES
  • सन नेपाल लाइफको साधारण सभा आज, २३.८०% बोनस शेयर पारित गरिँदै

    काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज जेठ ९ बस्दै छ। आज कम्पनीको सातौँ वार्षिक साधारणसभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेबाट सुरु हुने तय भएको छ ।

    सभाले गत आर्थिक वर्षको २०७९।८० सको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने विशेष प्रस्ताब पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँ बराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्ने सभाको तयारी रहेको छ। 


    यस्तै, बोनस सेयरपछि चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख कायम हुने र नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीका लागि नपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने तय भएको छ। 

     
    हकप्रद र बोनस बाहेक सभाले अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ। तेस्तै,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गर्नेछ। 

    कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९।८० को वित्तीय विवरणहरुसहितको एकीकृत वित्तिय विवरण छलफल गरी सभाले पारित गर्नेछ। आज कै सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ जना सञ्चालकको निर्वाचन गर्ने तय भएको छ। 

    कम्पनीले यस अगाडी नै वैशाख २७ गते बुक क्लोज तय गरेको थियो । अर्थात वैशाख २६ गते सम्म कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीले घोषणा गरेको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ