२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

बैंगलुरू आइपिएलको प्लेअफमा, बाहिरियो चेन्नई

images

  • २०८१ जेठ ६, आइतबार
  • 551
    SHARES
  • बैंगलुरू आइपिएलको प्लेअफमा, बाहिरियो चेन्नई

    काठमाडौँ : रोयल च्यालेञ्जर्स बैंगलुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ। आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नईलाई २७ रनले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो।

    मंगलबार राति भएको खेलमा बैंगलुरूले दिएको २१९ रनको लक्ष्य चेन्नेइले ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सक्यो। चेन्नईका रचिन्ल रवीन्द्रले ६१ रन, रवीन्द्र जडेजाले ४२ रन, अजिङ्क्या राहानेले ३३ रन तथा महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए।

    बलिङमा बेंग्लुरुका लागि यश दयालले २ विकेट, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले समान १/१ विकेट लिएका थिए।
     
    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो। बेंग्लुरुका लागि कप्तान फ्याफ डु प्लेसिसले ५४ रन, विराट कोहलीले ४७ रन, रजत पतिडरले ४१ रन, क्यामरन ग्रीनले ३८ रन, ग्लेन म्याक्सवेलले १६ रन तथा दिनेश कार्तिकले १४ रन बनाएका थिए।

    बलिङमा चेन्नईका लागि शार्दुल ठाकुरले २ विकेट, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले समान १/१ विकेट लिएका थिए।

    जितसँगै चेन्नईसँग अंक बराबरी बनाएको बैंगलुरू रन रेटका आधारमा प्लेअफमा पुगेको हो। यो सँगै आइपिएलको जारी सिजनको प्लेअफ पनि टुंगो लागेको छ। कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ