२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झापामा २ अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

images

  • २०८१ जेठ ३, बिहीबार
  • 391
    SHARES
  • झापामा २ अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

    झापा : आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु २ अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ।

    कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु १ अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्क बापत र मूल्य अभिवृद्धि कर बापत रु ८४ करोड ७६ लाख ४० हजार राजस्व सङ्कलन भएको हो। कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार कम सङ्कलन भएको छ। 

    उद्योग व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो। झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन्भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य  प्रभावित भएको उहाँले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ