कात्तिक १३, काठमाडौं : आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा श्रीलंकाले अफगानिस्तानसामु जितका लागि २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
पुनेमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रनको योगफल बनायो। श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४६ रन बनाएका थिए। यस क्रममा कुसल मेन्डिसले ३९ रन, सदीरा समरविक्रमाले ३६ रन र चरित असालान्काले २२ रन बनाएका थिए। यस्तै, एन्जेलो म्याथ्यूज २३ रन, धनन्जय डी सिल्भा १४ रन र दिमुथ करुणारत्ने १५ रन बनाएका थिए।
बलिङमा अफगानिस्तानका फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै, मुजिब उर रहमानले २ तथा राशिद खान,र आजमतुल्लाह ओमरजाईले समान १/१ विकेट लिएका थिए।



