काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)द्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। आज उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको हो।
निलम्बन फुकुवा भएसँगै अब लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्।
अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएकाले अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराएका छन्।




