काठमाडौँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ।
उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गतेसम्म लागू हुनेछ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधि भित्र एकपटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ।
कुनै पनि बीमा लेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ।
हरेक नेपालीलाई बिमाको दायरा भित्रल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ।



