२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

८.२६ अङ्कले बढ्यो नेप्से, ३ अर्ब १५ करोडको कारोबार?

images

  • २०८१ वैशाख ३०, आइतबार
  • 526
    SHARES
  • ८.२६ अङ्कले बढ्यो नेप्से, ३ अर्ब १५ करोडको कारोबार?

    नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ।

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ८.२६ अंक बढेर १९७४.५० विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक तथा फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

    आज १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशत तथा विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। साथै, होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक २.४० प्रतिशत घटेको छ।

    आज १२७ कम्पनीको मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा आज साग्रिला डेभलपमेन्ट बैंक शीर्ष स्थानमा १० करोड ५० लाख, पोखरा फाइनान्स र सोनापुर मिनरल्स एण्ड आयलको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज श्रृजनशील लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने उन्नती सहकार्य लघुवित्तको साढे ७ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। साथै, मानुषि लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेको छ।

    अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको शेयर किनबेच भएको बजारमा आज ३११ स्टकको ४९ हजार ७६४ पटकको कारोबारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ