२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१% ले बढ्यो

images

  • २०८१ वैशाख २६, बुधबार
  • 1.1K
    SHARES
  • आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१% ले बढ्यो

    काठमाडौँ : आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ। कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १८१ प्रतिशतले बढेर ४६ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १६ करोड ६३ हजार रहेको थियो।

    यस्तै, गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २८ करोड ४ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ७८ प्रतिशतले बढेर २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ पुगको छ।

    यस गरी, गत आर्थिक वर्षको सोहि अवधिमा  ४६ करोड ७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ८६ करोड ७३ लाख रुपैयाँ पुगको छ। गत आर्थिक वर्षको सोहि अवधिमा २ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको थियो भने यस चालु आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ४५ लाख रुपैयाँ खर्चिएको छ। 

    समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २० रुपैयाँ ५८ पैसा रहेको छ तथा प्रति शेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९२ पैसा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ