२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

आईपीएलमा दिल्लीसँग राजस्थान २० रनले पराजित

images

  • २०८१ वैशाख २६, बुधबार
  • 451
    SHARES
  • आईपीएलमा दिल्लीसँग राजस्थान २० रनले पराजित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ। जितसंगै दिल्ली १२ खेलबाट १२ अङ्क सहित पाँचौ स्थानमा छ भने राजस्थान ११ खेलमा १६ अङ्क साथ दोस्रो स्थानमा छ। समान १६ अंक भएको कोलकाता नाइटराइडर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ।

    मंगलबार राति भएको खेलमा दिल्लीले दिएको २२२ रनको लक्ष्य राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८६ रन बनाएका थिए। यस्तै, रियान प्रयागले २७ रन, शुभम दुबेले २५ रन, जोस बटलरले १९ रन र रोभमन पावेलले १३ रन बनाएका थिए।

    बलिङमा दिल्लीका लागि खलिल अहेमद, कुलदीप यादव र मुकेश कुमारले समान २/२ विकेट तथा अक्षर पटेल र रसिक सलामले २/२ विकेट लिएका थिए।

    यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो। दिल्लीका लागि अभिषेक पोरेलले ६५ रन, जेक फ्रेजर मैकगर्कले ५० रन, ट्रिस्टान स्टुब्स्ले ४१ रन, गुलबदनले १९ रन, अक्षर पटेल र ऋषभ पन्तले समान १५/१५ रन बनाएका थिए।

    बलिङमा राजस्थान रोयल्सका लागि रविचन्द्र अश्वनीले तीन, युजभेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ