२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई स्वस्तिकमा विशेष छुट

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 641
    SHARES
  • स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई स्वस्तिकमा विशेष छुट

    काठमाडौँ : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले ललितपुरको सातदोबाटो, ताल्छिखेलस्थित स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने भएका छन्।  स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न २ पक्षीय समझदारी भएको हो।


    एक समारोहका बिच स्वस्तिक हेल्थ केयरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट र क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ।

    स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ।

    प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई विश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट पनि सम्मानित भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ