२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सर्वोत्तम सिमेन्टको नाफा ३२% बढ्यो, अन्य सूचक कस्तो ?

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 426
    SHARES
  • सर्वोत्तम सिमेन्टको नाफा ३२% बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ : सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको सञ्चालन नाफा र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो। 

    सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा बढेको देखिन्छ। कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३२.०३ प्रतिशतले बढेर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड १२ लाख रहेको थियो।


    चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २५.१६ प्रतिशतले बढे  ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन नाफा ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ रहेको थियो। 

    साथै, चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको कुल खर्च पनि ४.७६ प्रतिशत बढेको छ।

    चैत मसान्तसम्म सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ