२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एशियन लाइफद्वारा बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक, के के छन् विशेषता

images

  • २०८१ वैशाख १८, मंगलबार
  • 986
    SHARES
  • एशियन लाइफद्वारा बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक, के के छन् विशेषता

    काठमाडौँ : एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको कम्पनीले जनाएको छ।

    कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ ,संचालक अच्युत राज सापकोटा, संचालक शिला राज भण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं तथा डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्त रुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन्।

    कम्पनीका अनुसार यस बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यस बीमालेख खरिद गर्न सक्नेछन् भने यस बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा रहेको छ।

    बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमाङ्क रकम भुक्तानी पाउनेछन्। यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभस्थायी अपाङ्ग/असक्त सुविधा, बीमाशुल्क छुट सुविधा र एशियन क्रिटिकल केयर सुविधा समेत रोज्न सक्छन्। 

    मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमाशुल्कमा बीमालेख खरिद गर्न सहज बनाउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ