झापा : प्रहरीले लागु औषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ। भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेची पुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो।
धादिङ जिल्ला खन्या बास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार साँझ मेची पुलमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागु औषधसहित युवा पक्राउ पर्दै आएका छन्।



