२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ वैशाख १०, सोमबार
  • 591
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : लगातार उकालो लागेर कीर्तिमान कायम गरेको सुन चाँदीको मूल्यमा आज सोमबार घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला रु १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु १ हजार १ सयले गिरावट आएको हो। 


    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार १ सयले घटेर रु १ लाख ३७ हजार ५ सय ५० निर्धारण भएको छ। हिजो आइतबार तेजाबी सुन रु १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो।


    यसैगरी, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ७ सय ५ रुपैयाँ निर्धारण भएको छ। हिजो आइतबार १ हजार ७ सय ४० रुपैयाँ कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ