काठमाडौँ : नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको मुनाफामा छलाङ आएको छ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने गत वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफ १ अर्ब ६० करोड ९९ लाख ६ हजार ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा ३.९६ प्रतिशबाट बृद्धि भई ४.६६ प्रतिशत पुगेको छ। बैंकको एनपिएल ४.६६ प्रतिशत रहेको छ।
गत वर्षको तेस्रो त्रैमाससम्ममा ७ अर्ब ७९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बृद्धि भई ११ अर्ब रुपैयाँ पुगेको छ। बैंकले ९ महिनामा खुद फि र कमिशन बापत मात्रै १अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ भने अघिल्लो वर्ष सोहि अवधिमा १ अर्ब ५ करोड रुपैयाँ थियो।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ।



