२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालको सानदार चौथो जित, साउदी ६ विकेटले पराजित

images

  • २०८१ वैशाख ५, बुधबार
  • 651
    SHARES
  • नेपालको सानदार चौथो जित, साउदी ६ विकेटले पराजित

    काठमाडौँ : ओमनमा जारी एसीसी प्रिमियर कप २०२४ मा साउदीलाई ८ विकेटले हराउँदै नेपालको सानदार चौथो जित हात पारेको छ। समूह ए बाट सबै ४ खेलमा जित अपराजितका साथ नेपाल सेमिफाइनलमा पुगेको हो।

    साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन, रोहित पौडेल १६ रन तथा दीपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए। 

    बलिङमा साउदीले लागि इश्तियाक अहमदले २ विकेट तथा उस्मान नजीबले र वाजी उल हसनले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाएका थिए भने अन्य खेलाडीहरुले दोहोरो रन बनाउन सकेनन्।

    बलिङमा नेपालका लागि करण केसी र अभिनाश बोहराले समान २/२ विकेट तथा ललित राजवंशीले र प्रतिश जि.सी समान १/१ विकेट लिएका थिए। नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि ८ ओभरमा सिमित भएको थियो।

    नेपालको जितसंगै हङकङ अन्तिम चारमा पुगेको छ भने साउदी बाहिरिएको छ। समूह ए बाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेको छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ