२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नयाँ वर्षको पहिलो दिन नेप्सेमा सामान्य अङ्कको गिरावट

images

  • २०८१ वैशाख २, आइतबार
  • 611
    SHARES
  • नयाँ वर्षको पहिलो दिन नेप्सेमा सामान्य अङ्कको गिरावट

    काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अङ्कले ओरालो लागेर २०२३.३५ मा सीमित भएको छ। 

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अङ्कले उकालो लागेर ३५८.२० मा पुगेको छ।

    विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर रु ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ मूल्यमा कारोबार भएको छ। कारोबार भएकामध्ये आज १२७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १०८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

    नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य ९.७२, डोल्टी पावर कम्पनी ९.३५, राप्ती हाइड्रोपावर ९.२३ र मिथिला लघुवित्तको शेयर मूल्य ८.७० प्रतिशत बढेको छ।

    आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४.४१, तेह्रथुम पावर कम्पनी ४.३८, तारागाउँ रिजेन्सी होटल ३.९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ