२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दीपेन्द्रको ‘ऐतिहासिक’ प्रदर्शनमा कतारविरुद्ध नेपालको सानदार जित

images

  • २०८१ वैशाख १, शनिबार
  • 831
    SHARES
  • दीपेन्द्रको ‘ऐतिहासिक’ प्रदर्शनमा कतारविरुद्ध नेपालको सानदार जित

    काठमाडौँ : एसीसी प्रिमियर कप २०२४ मा दीपेन्द्रको ‘ऐतिहासिक’ प्रदर्शनमा कतारविरुद्ध नेपालको सानदार विजयी सुरुवात गरेको छ। 

    नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर मात्र १७८ रन बनाउन सक्यो। कतारका लागि कप्तान मोहम्मद तनवीरले ६३ रन, मोहम्मद अनाफले २३ रन, कमरान खानले १८ रन, अदान मिर्जाले १९ रन र हिमांशु राथोडले २२ रन बनाएका थिए।

    बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २/२ विकेट तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिएका थिए।

    त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६४ रन बनाएका थियो। नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन्। उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन्। पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए। उक्त ओभरको ६ बलमा ऐरीले ६ छक्का प्रहार गरेका थिए।

    यस्तै, आसिफ शेखले ५२ रन, कुशल मल्लले ३५ रन, रोहित पौडेलले १८ रन, कुशल भुर्तेलले १२ रन, गुलशन झाले ५ रन र सन्दीप जोराले  ७ रन तथा विवेक यादवले ५ रन बनाएका थिए।

    बलिङमा कतारका लागि हिमांशु राठोड र मुसावर शाह सामना ३/३ विकेट तथा अमिर फारुक १ विकेट लिएका थिए।

    यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।  जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष २ देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

    ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष ३ देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ