काठमाडौँ : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको शेयर आज चैत २८ गतेबाट बिक्रीमा राखेकाे छ।
कम्पनीले अनुसार १ लाख १४ हजार बढी कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएकाे जनाएकाे हो। कुमारी बैंकको स्वामित्वमा रहेको सलिकाको १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुमात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत बोलपत्र काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।



