२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन बुलियनका ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा

images

  • २०८३ असोज १५, बिहीबार
  • 281
    SHARES
  • हिमालयन बुलियनका ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा

    काठमाडौं : हिमालयन बुलियन कम्पनीले आफ्ना ग्राहकहरूको सुरक्षा र लगानीको संरक्षणलाई ध्यानमा राख्दै दुर्घटना बीमा सुविधा ल्याएको छ। यसका लागि कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सँग सम्झौता गरेको छ।

    दीर्घकालदेखि सेवा प्रदान गर्दै आएको सलिकोसँगको यो सहकार्यमार्फत ग्राहकको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। सम्झौता अनुसार हिमालयन बुलियनको सदस्यता (Membership) कार्यक्रममा जोडिएका ग्राहकहरूले आफ्नो सदस्यताको स्तर (Tier) अनुसार बीमा सुविधा पाउनेछन्। जसमा 

    • सिल्भर सदस्यता : रु १ लाखसम्म

    • गोल्ड सदस्यता : रु ५ लाखसम्म

    • डायमन्ड सदस्यता : रु १० लाखसम्म

    यो नयाँ सुविधा आगामी दसैंको घटस्थापनाका दिनदेखि लागू हुनेछ। कम्पनीले भविष्यमा पनि ग्राहक हित र सुरक्षालाई प्राथमिकता दिँदै यस्ता थप सुविधाहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ