२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

images

  • २०८० चैत २५, आइतबार
  • 711
    SHARES
  • आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

    काठमाडौं : पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ। वानेखेडे मैदानमा घरेलु टोली मुम्बईले दिएको २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र २०८ रन बनायो।

    दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाएका थिए । यस्तै, पृथ्वी शाले ६६ रन  तथा अभिषेक पोरेलले ४१ रन बनाएका थिए। बलिङमा मुम्बईका लागी जेराल्ड कोट्जीले ४ विकेट लिएका थिए भने जस्प्रित बुमराहले २ तथा रोमारियो शेफर्डले १ विकेट लिएका थिए। 

    त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो। मुम्बईका लागि टिम डेविडले ४५ तथा रोमारियो शेफर्डले ३९ नट आउट रन बनाएका थिए। यस्तै, रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रन बनाएका थिए।


    दिल्लीका लागि अक्षर पटेल र एनरिच नोर्कियाले समान २/२ विकेट लिएका थिए भने खलिल अहमदले पनि १ विकेट लिएका थिए। जितसँगै मुम्बई ४ खेलमा १ जितसहित आठौं स्थानमा छ भने दिल्ली ५ खेलमा ४ मा हार र १ मा जितसहित दशौं स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ