२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धान गर्छौं : प्रहरी

images

सत्कार खबर
  • २०८० वैशाख २७, बुधबार
  • 556
    SHARES
  • तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धान गर्छौं : प्रहरी

      काठमाडौं : नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीबारे तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयकातर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति निकालेर यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    कतिपय सञ्चार माध्यम र अनलाइनहरुमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भएको पनि जनाएको छ ।

    तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हँदा मुद्दाको अनुसन्धानमा समेत नकरात्मक असर पर्नसक्ने भन्दै प्रहरीले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ