काठमाडौँ : नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ। लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०–० गोल अन्तरले पराजित गरेको हो। भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग नेपाल २–० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा भने नेपालले भुटानसँग ३–० गोल अन्तरले विजयी भएको थियो।
नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो। दोस्रो हाफमा भारतले थप चार गोल ग¥यो। भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई दुई गोल गरेका थिए। यस्तै, अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए।
प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबिच प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेलमा शुक्रवार भुटान र बङ्गलादेशबिच खेल हुनेछ।



