२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भन्सार छलेर नेपाल भित्र्याइएका२ लाख बराबरको सामान बरामद

images

  • २०८० फागुन २४, बिहीबार
  • 721
    SHARES
  • भन्सार छलेर नेपाल भित्र्याइएका२ लाख बराबरको सामान बरामद

    लुम्बिनी : रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधवार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ।

    प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट १ सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो। उक्त प्याज मोटरसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उहाँले जानकारी दिनुभयो।

    बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बर प्लेट र ३ नेपाली नम्बर प्लेटका छन्। त्यस्तै,७ वटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताउनुभयो।

    यस्तै, भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलवार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु २ लाख बराबरको सामान बरामद गरेको हो।

    प्रहरीले बरामद गरेको सामानमा फागु पूर्णिमाका लागि आवश्यक पर्ने पिचकारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन्। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रनाउ भट्टले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ