काठमाडौँ : भारतको सेयर बजारले बुधवार नयाँ रेकर्ड कायम गरेको छ। प्रमुख सेयर बजार सूचकहरू बीएसई सेक्सेक्स र निफ्टी ५० दुवैले बुधवार नयाँ अल टाइम हाई रेकर्ड बनाएका हुन्।
सेन्सेक्स ४०८ अङ्कले बढेर ७४ हजार ८५ को विन्दुमा पुगेको हो जुन हालसम्मकै उच्च विन्दु हो। ७३ हजार ५ सय ८७.७० मा खुलेको सेन्सेक्स इन्ट्राडेमा घटेर ७३ हजार ३ सय २१.४८ को विन्दुसम्म झरेको थियो पछि एकाएक बढेर ७४ हजारको विन्दु पार गरेको हो।
यता, निफ्टी ५० पनि ११७ विन्दुले बढेर २२ हजार ४ सय ७४ को ऐतिहासिक उच्च विन्दुमा बन्द भएको छ। पछिल्लो समय विश्वका सेयर बजारहरू सकारात्मक माहोल देखिएका छन्।



