काठमाडौँ : आज नेप्से परिसूचक बढेर बन्द भएको छ। सोमबार सकारात्मक सर्किट र मङ्गलवार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो। आज नेप्से परिसूचक ९.३३ अङ्कले बढेर २०१७.०३ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स १.०६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अङ्क बढेको छ।
आज १७५ कम्पनीको मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ११ कम्पनीको मूल्य स्थिर रहेको छ। आज १ कम्पनीको शेयर सर्किट लागेको छ जसमा डोल्टी पावर कम्पनी रहेका छन् भने स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेका छन्। त्यस्तै, मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।
हिजो ४ अर्बभन्दा बढीको शेयर किनबेच भएको बजारमा आज ३०८ कम्पनीको ५८ हजार ९ सय ४० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार १ सय ५४ कित्ता शेयर किनबेच भएको छ।
आज १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत तथा अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् भने बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेका छन्।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा ३३ करोड ३७ लाख तथा शिवम् सिमेन्ट्सको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १३ करोडको शेयर किनबेच भएको छ।