असोज १७, काठमाडौं : लगातार सातौं दिनसम्म घटेको सुनको भाउ आज बुधबार भने सामान्य बढेको छ। गतसाताको मंगलबारदेखि घट्न थालेको सुनको मुल्य यससाताको मंगलबार हिजोसम्म गरी निरन्तर ७ कार्यदिनमा ५ हजार ६ सयले घटेको थियो।
सुनको भाउ मंगलबारको तुलनामा ३ सय रुपैयाँले वृद्धि भएको हो। आज छापावाला सुनको भाउ १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको छ। हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख ६ हजार ६०० रुपैयाँ तोकिएको थियो।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तोकिएको थियो।
चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।



