२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
टी- २० त्रिकोणात्मक सिरिज

टी–२० सिरिज : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

images

  • २०८० फागुन १९, शनिबार
  • 981
    SHARES
  • टी–२० सिरिज : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

    काठमाडौँ : टी- २० त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्। आज नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्स बिचको खेल ११:३० बजेदेखि सुरु हुनेछ। 

    हिजो भएको खेलमा नामिबियासँग नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो। नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो भने नेदरल्याण्ड्ससँग पनि पहिलो खेलमा २ रनले पराजित भएको थियो।

    नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा रहेका छन्।

    नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल २ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ तथा नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ। शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने फाइनल खेल फागुन २२ गते हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ