काठमाडौं :- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बताउनु भएको छ । मंगलबार प्रतिनिधिसिभामा बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।
अर्थमन्त्री डा .प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि लिङ्गदेनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको जिकिर गर्नु भयो । इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो ।
अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उहाँले भन्नु भयो ।
अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि जिकिर गर्नु भयो ।



